२०८१ जेठ ६ , आइतवार

कोरोना अपडेट : २ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार ३ सय ३८ संक्रमणमुक्त, ४ जनाको मृत्‍यु

सुनाखरी न्युज/ काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

 

मन्त्रालयका अनुसार ६ हजार ५ सय ७२ पीसीआर परीक्षण गर्दा २ सय २९ जना र तीन हजार २ सय ४३ जनाको एन्टीजेन परीक्षण गर्दा ३३ जना गरी २ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। उक्त अवधीमा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

 

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३ सय ३८ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १२ हजार २ सय ४४ रहेको छ।