२०८१ जेठ ४ , शुक्रवार

प्रतिनिधिसभामा समावेशी आयोगको प्रतिवेदन पेस

सुनाखरी न्युज/ काठमाडौं ।

प्रतिनिधिसभा बैठकमा ‘राष्ट्रिय समावेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन, आव २०७७/७८’ पेस गरिएको छ ।

 

प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सो प्रतिवेदन आजको बैठकमा पेस गरेका हुन् ।

 

यसैगरी बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले ‘लोक सेवा आयोग विधेयक, २०७५’ का सम्बन्धमा राष्ट्रियसभाबाट सन्देशसहितको विधेयक टेबुल गरे ।रासस