२०८१ जेठ ६ , आइतवार

अब क्यूआर कोड सहितको सिस्टम जेनेरेटेड भिसा लागू हुने

सुनाखरी न्युज/ काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यूआर कोड सहितको (सिस्टम जेनरेटेड) भिसा जारी गर्न सुरु गरिएको छ ।

 

आज एक कार्यक्रमका बीच गृहसचिव नारायण पाण्डेले विमानस्थलको अध्यागमन कार्यालयमा क्यूआर कोड सहितको सिस्टम जेनेरेटेड भिसा जारी गरेर यो कामको थालनी गरेको हो ।

 

विगतमा हातले नै लेखेर भिसा स्टिकर टाँस्ने प्रचलन रहेकोमा अब भने क्यूआर कोड सहितको सिस्टम जेनेरेटेड भिसा लागू गरिएको हो । यसका लागि अब यात्रुले क्यूआर कोडबाट अनलाइनमा नै भिसाको भेरिफिकेसन गर्नसक्ने विमानस्थलले जनाएको छ ।