२०८१ जेठ ४ , शुक्रवार

गायक राजेशपायल राईका तीन गीत एकसाथ युट्युब ट्रेन्डिङमा

सुनाखरी न्युज/ काठमाडौं ।

गायक राजेशपायल राईका एकसाथ तीन गीत युट्युब ट्रेन्डिङमा पर्न सफल भएका छन् । उनको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक तीन गीत यतिबेला युट्युबमा ट्रेन्डिङमा छन् ।

राजेशपायलले पेमा देचेन तामाङसँगको स्वर र अभिनयमा सार्वजनिक गरेको ‘सै हँमा’ बोलको गीत यतिबेला युट्युबमा संगीततर्फ ट्रेन्डिङ १३ मा छ । टिका चाम्लिङको शब्द, राजेशपायलकै संगीत, राजु कार्कीको एरेन्ज रहेको गीत चार साताअघि सार्वजनिक गरिएको थियो । यो गीतले युट्युबमा १५ लाख बढी भ्युज पाएको छ ।

त्यस्तै, नौ दिनअघि राजेशपायल राईले बालगायिका रुक्साना लिम्बूसँगको स्वर र अभिनयमा‘चोरी भो २’बोलको गीत सार्वजनिक गरेका थिए । राजन मुकारुङको शब्द, राजेशपायलको संगीत रहेको यस गीतलाई राजु कार्कीले एरेन्ज गरेका हुन् । आइतबार युट्युबमा संगीततर्फ ट्रेन्डिङको आठौं स्थानमा रहेको यस गीतले पाँच लाख बढी भ्युज पाएको छ ।

त्यस्तै, अर्को राजेशपायलले नयाँ गीत गत शुक्रबार मात्रै सार्वजनिक गरेको‘सायारेम-घामै कसम’राजेशपायल र मिन्छमा राईको स्वर तथा अभिनय रहेको गीत पनि यतिबेला युट्युब ट्रेन्डिङ १७ मा परेको हो । राजन मुकारुङको शब्द तथा संगीत रहेको गीतलाई विषम आचार्यले एरेन्ज गरेका हुन् । यो गीतले आइतबार दिउँसोसम्म १ लाख ४५ हजार बढी भ्युज पाएको छ ।