२०८१ बैशाख ८ , शनिवार

संसदमा एमसिसी टेबल, प्रतिनिधिसभा बैठक फागुन १२ गतेसम्मका लागि स्थगित

सुनाखरी न्युज/ काठमाडौं ।

अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्बन्धी सम्झौता अनुमोदनका लागि आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदमा टेबल गरेका हुन्।

 

आइतबारको बैठकमा विवादित बनेको एमसीसी टेबल भएसँगै बैठक फागुन १२ गतेसम्मका लागि स्थगित भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका हुन् । एमसिसी अनुमोदनका लागि टेबल गर्नुअघि बोल्दै मन्त्री कार्कीले यो परियोजना नेपालको बिजुली प्रसारण लाइन र विभिन्न सडक खण्डको स्तरोन्नतिका लागि अमेरिकाले दिने सहयोग भएको बताएका थिए।

 

सत्तारुढ दलको आजै बसेको बैठकमा एमसीसी टेबल गर्ने सहमति जुटेको थियो भने त्यसपछि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसीसी सम्बन्धी कार्यसूची तय गरेको थियो । एमसीसीको टेबल भएपनि सडकमा सत्तापक्षीय दलकै भातृसंगठनले विरोध जारी राखेका छन् भने जनस्तरमा पनि विरोध भइरहेको छ।