२०८१ जेठ ७ , सोमवार

बानेश्वरमा प्रदर्शन

सुनाखरी न्युज/ काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच आइतबार बालुवाटारको बैठकमा एमसीसीलाई प्रतिनिधसभामा टेबल गर्ने सहमति भएपनि बानेश्वरमा कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका छन् ।

सत्तारुढ दल माओवादी केन्द्र र नेकपा समाजवादीका भ्रातृ संगठनमा आबद्ध कार्यकर्ताहरु प्रतिनिधिसभा बैठक सुरु हुनुअघि एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा समेत छाडेको थियो ।  प्रदर्शनकारी र प्रहरी बीच घम्साघम्सी समेत भएको छ ।