२०८१ जेठ ७ , सोमवार

गरिमा विकास बैंक र लाईफ स्टाईल ईन्टरनेशनल बिच ‘गोल्डस्टार जुत्ता’मा विशेष छुट

सुनाखरी न्युज/ काठमाडौं । डिजिटल बैकिङलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको यस गरिमाविकास बैंक लिमिटेडले समयानुकुल आफ्ना ग्राहक वर्गका लागिविभिन्न छुट सम्बन्धि सम्झौता गर्दै आईरहेको छ ।

 

यसलाई नै निरन्तरतादिदै यस बैंकले नेपालकै पुरानो तथा प्रतिष्ठित जुत्ता निर्माता ‘गोल्डस्टार’सँगविशेष छुट सम्बन्धि सम्झौता गरेको छ । सम्झौता अनुरुप यस विकास बैंकका ग्राहकले गोल्डस्टार जुत्ताको आधिकारिक ई–कमर्स साईटबाट कुनै पनि जुत्ता खरिदगरि गरिमा स्मार्टबाट भुक्तानी गर्नु हुँदा तत्काल १५% छुट प्राप्त गर्न सक्नुहुनेछ । यो छुट योजना गोल्डस्टारको आधिकारिक ई–कमर्स साईटबाट कुनै पनि जुत्ता खरिद गर्दा मात्रलागू हुनेछ भने अफलाईन स्टोरबाट जुत्ता खरिद गर्दा लागू हुने छैन ।

 

हाल, गरिमा विकास बैंकले नेपालभर ३७ जिल्लामा ११८ शाखा कार्यालय, २ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुरक्षीतएवं गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको छ ।