२०८१ जेठ ४ , शुक्रवार

मनमोहन कलेजका उत्कृष्ट विद्यार्थी सम्मानित

सुनाखरी न्युज/ काठमाडौं ।

मनमोहन मेमोरियल कलेजले कक्षा ११ को बार्षिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

कजेल प्राङगणमा आइतबार विहान आयोजित एक समारोहकावीच मानविकी, शिक्षा र ब्यवस्थापन तहमा सर्वोत्कृष्ट हुने तीन तीन जना विद्यार्थीहरुलाई सम्मान गरेको हो ।

कलेजका प्राचार्य द्रोण वहादुर अधिकारीका अनुसार कलेजले गत बर्षको कक्षा ११ को बार्षिक परीक्षामा सहभागी भई सफल हुने विद्यार्थीहरुलाई पनि प्रमाणपत्र वितरण गरेको थियो ।