२०८१ जेठ ६ , आइतवार

सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु

सुनाखरी न्युज/ काठमाडौं । पाँच दलको सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । दिउँसो १ बजे प्रतिनिधिसभा संसद बैठकमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल गर्ने विषयमा गठबन्धनका दलहरुबीच निरन्तर छलफल हुँदै आएको छ ।

सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले एमसीसी संसदमा टेबल गर्न सहमत भइसकेको छ । यसअघि नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले यथास्थितिमा एमसीसी अगाडि बढाउन नसकिने अडान राख्दै आएको थियो । प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाले भने एमसीसीमा दलहरुबीच सहमति जुटाउन निरन्तर छलफल गर्दै आउनुभएको छ ।

तथापि, माओवादी केन्द्रले भने यसमा राष्ट्रिय सहमति जुट्नुपर्ने जनाउँदै आएको छ । गठबन्धनमा रहेकाे राष्ट्रिय जनमोर्चाले एमसीसीको विरोध गर्दै आए पनि जनता समाजवादी पार्टीले भने समर्थन जनाउने बताइएको छ । बैठकमा प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्ष नेताहरु सहभागी हुनुहुन्छ ।