२०८१ जेठ ६ , आइतवार

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

सुनाखरी न्युज/खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिका-७ स्थित भित्रि सडक खण्डमा मोटरसाईकलबाट लडी १ जनाको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा चितवन भरतपुर महानगर पालिका-६ घर भई खोटाङ जिल्लाको रावाबेसी गाउँपालिकामा कार्यरत प्राविधिक ३१ बर्षीय दिपक ढुंगाना रहेका छन । हिजो बेलुकी साढे ४ बजे प्रदेश ३-०२-००७ प ५३३३ नं.को मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदा पछाडि सवार रहेका ढुंगाना घाईते भई उपचारको लागि काठमाण्डौ तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

मोटरसाईकल चालक खोटाङ ऐसेलुखर्क-३ का हुलास गुरुङलाई इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।