२०८१ जेठ ६ , आइतवार

मातृभूमिको अधिवेशन, अध्यक्षमा नन्दराज

शिशिर पौडेल/ पोखरा ।
पोखरा १९ घार्मीमा रहेर बेमौसमी तरकारी उत्पादनमा कृयाशिल मातृभूमि कृषि वचत समूहको सम्पन्न १२औ अधिवेशनले नन्दराज दाहालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

 

अधिवेशनले उपाध्यक्षमा भगवती पौडेल, सचिवमा प्रेम बहादुर जिसी, सह सचिवमा नमराज पौडेल, कोषाध्यक्षमा विष्णु प्रसाद पौडेल,सह कोषाध्यक्षमा सागर पौडेल र सदस्यमा मैया दाहाल,गीता पौडेल, सपना पौडेल,लिला पौडेल, भरतराज पौडेल, मनहरी पौडेल, र गोपाल प्रसाद पौडेल चयन हुनुभएको हो।

 

त्यस्तै राजेन्द्र पौडेलको संयोजकत्वमा भोलानाथ पौडेल,सकंर पौडेल सदस्य रहेको लेखा समिति शिशिर पौडेलको संयोजकत्वमा लिला पौडेल, शोभाकर पौडेल सदस्य रहेको ऋण लगानी समिति तथा लोकनाथ पौडेल, हितराज पौडेल, ढुण्डिराज पौडेल, भोलानाथ पौडेल र वृन्दा पौडेल सदस्य रहेको सल्लाहकार समिति पनि गठन गरेको थियो । यसअघि अधिवेशनले आ व २०७७/०७८ को वार्षिक आर्थिक तथा प्रगति प्रतिवेदन पारित गरेको थियो ।