२०८१ जेठ १ , मंगलबार

गठबन्धन जोगाउन नेकपा (एस) को मध्यमार्गी बाटो: संसद अवरोध हटे एमसीसी पेस गर्न दिने निर्णय

सुनाखरी न्युज/ काठमाडौं ।

नेकपा एकीकृत समाजवादीले सहमति जुटेमा छलफलकालागि अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेस गर्न दिने निर्णय गरेको छ । नयाँ बानेश्वरमा शनिबार  बसेको स्थायी कमिटी बैठकले सहमति जुटेमा एमसीसी पेस गर्न दिने निर्णय गरेको प्रवक्ता जगनाथ खतिवडाले बताए  ।

नेकपा एमालेले गरिरहेको संसद गतिरोध हट्नुपर्ने एकीकृत समाजवादीको सर्त छ । ‘संसद अवरोध हट्नुपर्छ । एमसीसीबारे छलफल हुने वातावरण बन्नुपर्छ’, खतिवडाले भने ।

 

बैठकले यथास्थितिमा एमसीसी अनुमोदन गर्न नसकिने निर्णय गरेको छ । ‘यथास्थितिमा एमसीसी पारित गर्न सकिन्न । संशोधन नगरी हुन्न,’ खतिवडाले भने । एसमीसीबारे थप निर्णय लिने अधिकार सचिवालयलाई दिइएको छ ।