२०८१ बैशाख ३१ , सोमवार

जनता सर्वोच्च हुन भन्दाभन्दै फेरि पनि प्रजातन्त्रको नाममा केही आधुनिक ठालुहरुले आफैलाइ सर्वोच्च ठाने : डा. लोहनी

सुनाखरी न्युज/ काठमाडौं । राप्रपाका पुर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले ७२ औं प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिनु भएको छ ।

 

नेपाली जनता देशका सर्वोच्च हुन भन्ने आधारभुत प्रजातान्त्रिक मान्यता लाई ७ फाल्गुन ले जनाउछ। यो मान्यता नेपालको इतिहासमा एक प्रमुख ऐतिहासिक उपलब्धि हो।

 

यो मान्यता लाई संस्करण गरेर सवै नेपालीहरुको समृद्धि र स्वाभिमान कायम गर्नु हामी सवैको सामु रहेको चुनौती हो।आज जनताको नाममा धेरै विकृति र विसंगति हरुले वढावा पायका छन। जनता सर्वोच्च हुन भन्दाभन्दै फेरि पनि प्रजातन्त्रको नाममा केही आधुनिक ठालुहरुले आफैलाइ सर्वोच्च ठाने र जनता लाई खेलौना सम्झने प्रवृत्ति वढेको छ।

 

यो घातक संस्कारमा रोक लगाउन आजको दिनले हामी सवैलाइ सतर्क गराउने छ भन्ने आसा गर्दै ७२ अौ प्रजातन्त्र दिवसको अवसरमा सवै नेपाली दाजुभाइ,दिदिबहिनी हरुमा शुभकामना व्यक्त गर्दछु लोहनिले शुभकामनामा भनेका छन ।