२०८१ जेठ ४ , शुक्रवार

फोटोन सोरुममा ईन्स्ट्यान्ट एक्सचेन्ज क्याप

सुनाखरी न्युज/ काठमाडौं । फोटोन मोटर्सले आफ्नो सोरुम काठमाडौँ बालकुमारीमा फाल्गुन ८ गते देखि फाल्गुन १५ गते सम्म एक्सचेन्ज क्याप गर्ने भएको छ । उक्त क्याम्पमा जुनसुकै कम्पनीका गाडी फोटोन को टुनल्याण्ड संग साटी तत्कालै टुनल्याण्ड लिएर जान सकिने कम्पनीले जनाएको छ।

 

पुराना गाडीहरु को बजारमा प्रचलित मूल्यभन्दा उच्चतम भ्यालुएसन दिने कम्पनी ले जनाएको छ । उक्त एक्सचेन्ज क्याम्पमा फाईनान्सको सुबिधा पनि रहेको कम्पनीले सनाएको छ, साथै हरेक टेस्ट ड्राइभ आकर्षक उपहार योजना रहेको पनि कम्पनि ले जनाएको छ ।

 

एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिका सेल्स हेड नबिन आचार्यले भने ‘ग्राहकहरुलाई सधै उत्कृष्ट सुविधा प्रदान गर्न एमएडब्लू वृद्धि तल्लीन रहेको छ । यस एक्सचेन्ज क्यापले ग्राहकहरुलाई उत्कृष्ट एक्स्चेञ्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्नेछ ।’