२०८१ बैशाख २७ , बिहिवार

प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमको अफर

सुनाखरी न्युज/ काठमाडौं । भोलि (२०७८ फागुन ७ गते) मनाइने ७२औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले भ्वाइस ओभर एलटीई अर्थात भोल्टी कल निःशुल्क प्रदान गर्ने भएको छ भने एमपोस बाट गरिने रिचार्जमा डाटा बोनस उपलब्ध गराउने भएको छ ।

 

सो अफर भोलि एक दिनका लागि उपलब्ध हुनेछ । नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी सेवामा भोलि कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क उपलब्ध हुनेछ ।

 

साथै, सोही अवसरमा भोलि फागुन ७ गते एमपोसबाट गरिने रु. २०० देखि रु. ४९९ सम्मको रिचार्जमा ५१२ एमबी डाटा र रु. ५०० वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डाटा वोनसको रुपमा निःशुल्क उपलब्ध हुनेछ ।