२०८० चैत्र १६ , शुक्रवार

कोरोना संक्रमित घट्दै, २४ घण्टामा ४ सय ३७ संक्रमण पुष्टि, २ जनाको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

 

मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार ९ हजार ९१ नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। उक्त अबधिमा संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने थप २ हजार ४ सय ५४ जना संक्रमणमुक्त भएका छन्।

 

हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४ सय ३५ रहेको छ।