२०८१ बैशाख २७ , बिहिवार

झलनाथ खनाल : संशोधन बिना संसदबाट एमसिसी पारित गर्न दिँदैनौं

सुनाखरी न्युज/ काठमाडौं ।

नेकपाका सांसद झलनाथ खनालले एमसिसी सम्झौतामा राष्ट्रघात हुने खालको पक्षहरू भएकाले संशोधन बिना संसदबाट पारित गर्न नदिने बताएका छन्।

 

उनले भने‘एमसिसी सन्दर्भमा हाम्रो यसमा गम्भीर र गम्भीरतम् आपत्तिका कुराहरू छन्। यो राष्ट्रलाई घात गर्ने खालका पक्षहरू छन्। यी कुराहरू नसच्चिइकन, यिनीहरूलाई संशोधन नगरीकन हामी यसलाई पास गर्न दिँदैनौं ‘। ‘एमसिसी सम्झौता दुई देशबीचको भियना कन्भेन्सन अनुरूपको अन्तर्राष्ट्रिय सम्झौता होइन, यो करार सम्झौता मात्रै हो।

 

करार सम्झौताहरूलाई दुनियाँको कुनै पनि संसदमा लगेर अनुमोदन गरिँदैन।’‘गठबन्धनलाई कुनै ठेगानले छुँदैन। एमसिसी मुद्दा राष्ट्रकै विवादको मुद्दा हो। यो कुनै गठबन्धनको मुद्दा होइन। सिंगो नेपालको मुद्दा हो। नेपाली जनताको मुद्दा हो। सम्पूर्ण नेपाली जनताको अभिमत अनुरूप यो सवालमा टुंगोमा पुग्नुपर्छ ।

 

उनले भने,‘तर जहाँसम्म गठबन्धनको कुरा छ, गठबन्धन भनेको निश्चित सवालमा सहमतिको आधारमा बनेको यो गठबन्धन हो। यो गठबन्धनलाई यो सवालले छुनुपर्ने कुनै पनि आवश्यकता म देख्दिनँ।’