२०८१ जेठ ६ , आइतवार

विश्वमा कोरोना भाइरस संक्रमितको कूल संख्या ४२ करोड नाघ्यो

सुनाखरी न्युज/ काठमाडौं ।

विश्वमा कोरोना भाइरस संक्रमितको कूल संख्या ४२ करोड नाघेको छ । पछिल्लो चौबिस घण्टामा २० लाख २८ हजार ४९५ जना नयाँ संक्रमित थपिएपछि कूल सख्या ४२ करोड नाघेको हो ।

 

वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार हालसम्म विश्वमा ४२ करोड ३ लाख ६० हजार २२६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । विश्वका १० देशमा कोरोना संक्रमण पुष्टी हुनेको कूल संख्या एक करोडभन्दा माथि रहेको छ । ती देशमा अमेरिका, भारत, ब्राजिल, फ्रान्स, बेलायत, रुस, टर्की, जर्मनी, इटाली र स्पेन छन् । सबैभन्दा बढी कोरोना संक्रमित रहेको प्रमुख १० देशमा एक÷एक वटा एसियाली र दक्षिण अमेरिकी राष्ट्र छन् ।

 

सबैभन्दा बढी कोरोना संक्रमण भएको प्रमुख १० राष्ट्रमा एउटा उत्तर अमेरिकी र ७ वटा युरोपेली राष्ट्र छन् । संक्रमितमध्ये सबैभन्दा ठूलो संख्या अमेरिकामा रहेको छ । अमेरिकामा हालसम्म ७ करोड ९९ लाख १५ हजार ७३४ जनामा संक्रमण पुष्टी भइसकेको छ । अमेरिकापछि सबैभन्दा बढी संक्रमित भारतमा रहेका छन् । भारतमा ४ करोड २७ लाख ८० हजार २३५ जनामा कोरोना संक्रमण भएको छ ।

 

हालसम्म ब्राजिलमा २ करोड ७९ लाख ४१ हजार ४७६, फ्रान्समा २ करोड २० लाख ६८ हजार ६३५, बेलायतमा १ करोड ८४ लाख ९९ हजार ५८, रुसमा १ करोड ४८ लाख ९९ हजार ५८, टर्कीमा १ करोड ३२ लाख ६६ हजार २६६, जर्मनीमा १ करोड ३१ लाख ५४ हजार ५४१, इटालीमा १ करोड २३ लाख २३ हजार ३९८ र स्पेनमा १ करोड ७ लाख ७८ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ । विश्वमा रहेका कूल कोरोना संक्रमितमध्ये हालसम्म ३४ करोड ४३ लाख १८ हजार ८७७ जना निको भइसकेका छन् । एजेन्सी