२०८१ जेठ ४ , शुक्रवार

विश्वकप छनोट : ओमानलाई ३९ रनले हराउँदै नेपालको विजयी सुरुवात

सुनाखरी न्युज/ काठमाडौं ।

 

ओमानमा जारी टी-२० विश्वकप ग्लोवल क्वालिफायर अन्तर्गत नेपालले पहिलो खेलमा विजय हासिल गरेको छ । नेपालले घरेलु टोली ओमानलाई ३९ रनले पराजित गरेको हो ।

 

नेपालले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको ‌ओमान १७ ओभरमा ७१ रनमै अलआउट भयो । ओमानका लागि मध्यक्रमका नासिम खुसीले २४ रन बनाए र बाहेक अन्यले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । जतिन्दर सिंह र अरिम कलिमले समान ९-९, खवार अलीले ७ रनमात्र बनाउन सके ।

 

नेपालका लागि कमल सिंह ऐरी ३ विकेट, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान २ विकेट तथा अविनाश बोहरा र जितेन्द्र मुखियाले १/१ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११७ रन बनाएको थियो।