२०८१ बैशाख १२ , बुधवार

ज्ञानेन्द्र शाही प्रवेश भए राप्रपामा

सुनाखरी न्युज/ काठमाडौं ।

ज्ञानेन्द्र शाही  राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’ मा समाहित भएको छ ।

 

पार्टी कार्यालय धुम्बाराहीमा आज आयोजित एक कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई पार्टीमा स्वागत गरेका थिए । एकता घोषणा नहुँदै शाही एमसीसीविरुद्ध राप्रपाका भ्रातृ संगठनहरुले गत बुधबार निकालेको जुलुसमा सहभागी भएका थिए ।

 

मंगलबार बसेको राप्रपाको केन्द्रीय पदाधिकारी बैठकले शाही नेतृत्वको अभियानलाई पार्टीमा समाहित गर्ने महामन्त्री डा धवलशमशेर राणा संयोजकत्वको वार्ता समितिको प्रस्ताव अनुमोदन गरेको थियो ।सो प्रस्ताव बैठकले अनुमोदन गरेसँगै राप्रपाले उनलाई पार्टीमा स्वागत गर्न कार्यक्रम राखेको हो।

 

‘समान विचार र सिद्धान्त भएको पार्टीमा आएको छु, सुशासनका लागि यही पार्टीबाट अभियान चलाउँछु,’शाहीले उक्त कार्यक्रममा भनेका छन ।