२०८१ बैशाख २७ , बिहिवार

प्रतिनिधिसभाको बैठकमा एमालेको नाराबाजी, फागुन ८ गते बस्ने गरी बैठक स्थगित

सुनाखरी न्युज/ काठमाडौं ।

 

प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेका हुन् ।

 

आजको बैठकमा केहीबेरको नाराबाजीपछि सभामुख सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले आदिवासी जनजाति आयोगको प्रतिवेदन आ.व २०७७/७८ पेश गरेका थिए।

 

त्यसलगत्तै सभामुख अग्नि सापकोटाले  प्रतिनिधिसभाको अर्को बैठक फागुन ८ गते आइतबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको घोषणा गरेका हुन् ।