२०८१ बैशाख २७ , बिहिवार

एमसीसी विरुद्धको सडक प्रदर्शनले नयाँ बानेश्वर क्षेत्र तनाबग्रस्त

सुनाखरी न्युज/ काठमाडौं ।

 

अमेरिकी सहयोग परियोजना (एमसीसी) विरुद्धको सडक प्रदर्शनले काठमाडौंको नयाँ बानेश्वरमा आज पनि तनाब ग्रस्त रहेको छ ।

 

एमसीसीको विरोधमा नयाँबानेश्वर क्षेत्रमा आज पनि प्रदर्शन जारी छ । प्रदर्शनकारीले एमसीसीविरुद्ध चर्को नाराबाजी गर्दै सडकमा टायर समेत बालेर प्रदर्शन गरिएको छ । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ताहरु एमसीसीविरुद्धको प्रदर्शनमा उत्रिएका हुन् ।

 

उनीहरुले ‘एमसीसी चाहिंदैन, देश बेच्न पाइँदैन’ लगायतका एमसीसीविरुद्धको नाराबाजी सहित नो एमसीसी लेखिएका ब्यानर र प्लेकार्ड बोकेका छन्