२०८१ जेठ ७ , सोमवार

खल्तीले ल्यायो निशुल्क मेरो शेयर नवीकरण अफर

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालमा आईपीओमा लगानी गर्ने उत्सुकता दिन प्रतिदिन बढ्दै आइरहेको छ । यसैलाई बुझ्दै खल्ती डिजिटल वालेटले निःशुल्क मेरो शेयर खाता नवीकरण अफर ल्याएको छ ।

 

यो अफर अन्तर्गत मेरो शेयर खाता नवीकरण गर्न छुटेकाहरूले मात्र होइन, नवीकरण गरिसकेकाहरूले पनि अर्को वर्षको नविकरण गर्न सक्नेछन् । प्रयोगकर्ताले मेरो शेयर खाता नवीकरणको लागि ५० रुपैयाँ शुल्क लाग्ने गरेको छ । यस अफर अन्तर्गत खल्ती मार्फत भुक्तानी गर्दा भने १०० प्रतिशत क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

तर, प्रयोगकर्ताहरूले आगामी पाँच वर्ष सम्मको लागि नै आफ्नो अकाउन्ट नवीकरण गर्न सक्नेछन् प्रत्येक खल्ती आइडीले यो अफर एक पटक मात्र लिन सक्नेछन् । यो अफर चैत २ गते सम्म लागु हुनेछ ।