२०८१ जेठ १ , मंगलबार

नेपाली काँग्रेस (वी.पी.) ले ७२ औं प्रजातन्त्र दिवसको अवसरमा सातै प्रदेशमा विभिन्न कार्यक्रम गर्ने

सुनाखरी ज्युज/ काठमाडौं । नेपाली काँग्रेस (वी.पी.) ले ७२ औं प्रजातन्त्र दिवसको अवसरमा सातै प्रदेशमा विभिन्न कार्यक्रम गर्ने भएको छ | पार्टी केन्द्रिय कार्यालय सचिव सुशीलराज वाग्ले द्वारा बिहिबार (आज) विज्ञप्ति जारि गर्दै पार्टीको सातै प्रदेशमा हुने कार्यक्रमको जानकारी दिएको छ |

 

 

प्रजातन्त्र दिवसको अवसरमा काँग्रेस (वी.पी.) “राष्ट्रघात, भष्ट्राचार दण्डहीनताका विरुद्व राष्ट्रिय स्वाभिमान, समृद्वी र संगठन विस्तार” को कार्यक्रम सातै प्रदेशमा आयोजना गरेको जनाएको छ | काँग्रेस (वी.पी.) ले बागमती प्रदेशको कार्यक्रम संघीय राजधानी काठमाडौंको माइतीघर मण्डलामा गरिने र उक्त कार्यक्रममा पूर्व मन्त्रि तथा सभापति सुशीलमान शेरचन लगाएतका नेताहरुबाट सम्बोधन हुने जानकारी दिएको छ |

 

त्यसैगरी कर्णाली प्रदेश सुर्खेत विरेन्द्र चोक पिपल चौतारामा पूर्व मन्त्रि तथा वरिष्ठ उप-सभापति झलकनाथ वाग्लेबाट सम्बोधन, मधेश प्रदेश महोत्तरी बर्दिबासमा वरिष्ठ उप-सभापति गोविन्द प्रसाद शर्माबाट सम्बोधन, १ नम्वर प्रदेश विराटनगर महेन्द्र चोकमा महामन्त्री भक्तराज भुसालबाट सम्बोधन, लुम्बिनी प्रदेश दाङ घोराही वी.पी. चोकमा फाल्गुन ६ गते जिल्ला पार्टी कार्यालय उद्घाटन महामन्त्री देवेन्द्र प्रकाश पौडेलबाट सम्बोधन, सुदूरपश्चिम प्रदेश कैलाली धनगढीमा उप-सभापति विष्णुप्रसाद ढकालबाट सम्बोधन लुम्बिनी प्रदेश बाहेकका प्रदेशहरुमा प्रजातन्त्र दिवसका दिन फाल्गुन ७ गते कार्यक्रम हुने पार्टीले जनाएको छ | सातै प्रदेशको कार्यक्रममा पार्टीका शिर्ष नेताहरुले समेत सम्बोधन गर्ने जानकारी दिइएको छ |

 

कार्यालय सचिव वाग्लेद्वारा जारी विज्ञप्तिमा कार्यक्रममा पार्टीका नेताकार्यकर्ता, नागरिक समाज, सामाजिक संघसंस्था, बुद्विजिवी, लेखक, पत्रकार, कलाकार विद्यार्थी, किसान, मजदुर, कर्मचारी, राष्ट्रसेवक तथा राष्ट्रवादी, प्रजातन्त्रवादी सबैमा अनुरोध गरिएको छ |

 

कार्यक्रम सम्बन्धि जानकारीको प्रेश विज्ञप्तिको पूर्ण पाठ

 

 

प्रजातन्त्र दिवसको कार्यक्रम सम्बन्धि अत्यन्तै जरुरि सूचना !

 

नेपाली काँग्रेस (वी.पी.) ले ७२ औं प्रजातन्त्र दिवसको अवसरमा सातै प्रदेशमा विभिन्न कार्यक्रम गर्ने भएको छ | प्रजातन्त्र दिवसको अवसरमा “राष्ट्रघात, भष्ट्राचार दण्डहीनताका विरुद्व राष्ट्रिय स्वाभिमान, समृद्वी र संगठन विस्तार” कार्यक्रममा सातै प्रदेशमा केन्द्रिय नेताहरुबाट सम्बोधन हुनेछ | उक्त कार्यक्रममा पार्टीका नेताकार्यकर्ता, नागरिक समाज, सामाजिक संघसंस्था, बुद्विजिवी, लेखक, पत्रकार, कलाकार विद्यार्थी, किसान, मजदुर, कर्मचारी, राष्ट्रसेवक तथा राष्ट्रवादी, प्रजाजन्त्रवादी सबैमा अनुरोध गर्दछौं |

कार्यक्रम सम्बन्धि जानकारी

· १ नम्वर प्रदेशमा महामन्त्री भक्तराज भुसालबाट सम्बोधन कार्यक्रम विराटनगर महेन्द्र चोकमा ७ फाल्गुन २०७८ बिहान १०:०० बजे

· मधेश प्रदेशमा वरिष्ठ उप-सभापति गोविन्द प्रसाद शर्माबाट सम्बोधन कार्यक्रम महोत्तरी बर्दिबासमा ७ फाल्गुन २०७८ बिहान ११:३० बजे

· बागमती प्रदेशमा पूर्व मन्त्रि तथा सभापति सुशीलमान शेरचनबाट सम्बोधन कार्यक्रम काठमाडौं माइतीघर मण्डलामा ७ फाल्गुन २०७८ बिहान ११:०० बजे

· गण्डकी प्रदेशमा उप-सभापति पुष्पराज पराजुलीबाट सम्बोधन कार्यक्रम पोखरा पृथ्वी चोकमा ७ फाल्गुन २०७८ मध्यान्ह १२:३० बजे

· लुम्बिनी प्रदेशमा महामन्त्री देवेन्द्र प्रकाश पौडेलबाट सम्बोधन कार्यक्रम दाङ घोराही वी.पी. चोकमा चोकमा ६ फाल्गुन २०७८ दिनको १:३० बजे जिल्ला पार्टी कार्यालय उद्घाटन र दिनको २:०० बजे सभा

· कर्णाली प्रदेशमा पूर्व मन्त्रि तथा वरिष्ठ उप-सभापति झलकनाथ वाग्लेबाट सम्बोधन कार्यक्रम सुर्खेत विरेन्द्र चोक पिपल चौतारामा ७ फाल्गुन २०७८ बिहान ११:३० बजे

· सुदूरपश्चिम प्रदेशमा उप-सभापति विष्णुप्रसाद ढकालबाट सम्बोधन कैलाली धनगढीमा ७ फाल्गुन २०७८ दिनको १:०० बजे

जय नेपाल वी.पी. !