२०८१ जेठ १ , मंगलबार

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ पाँचदलीय गठबन्धनको बैठक

सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानमन्त्री निवास बालुवाटारमा  सत्तारुढ पाँचदलीय गठबन्धनको बैठक सुरु भएको छ । बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल हुने नेताहरुले बताएका छन् ।

 

प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी अनुमोदनका लागि संसदमा पेश गर्नुपर्ने अडानका छन् । तर माओवादी केन्द्र र एकीकृत समाजवादीले संसदको अवरोध कायम रहेको बेला एमसीसी टेबल गर्न नहुने बताएका छन् ।

 

सरकारले जबरजस्ती अघि बढ्न खोजे सरकार छाड्ने माओवादीको चेतावनी छ ।