२०८१ जेठ ४ , शुक्रवार

विश्वकै ठूलो हिराको लिलामी : ४ करोड ८० लाख भन्दा बढीमा बिक्ने अपेक्षा

सुनाखरी न्युज/ काठमाडौं ।

विश्वको सबैभन्दा ठूलो र दुर्लभ ब्लू डाइमण्ड हङकङको सोदबी लिलामी हाउसमा बिक्री गरिने भएको छ ।

 

ब्रिटेनको राजधानी लण्डनस्थित कलाकृति लिलाम गर्ने संस्था ‘सोथबाइज’ ले ट्वीट गरेर यसबारे जानकारी दिएको हो । ट्वीटमा भनिएको छ, ‘बियर्स कलिनन ब्लू डाइमण्ड आजसम्मकै सबैभन्दा ठूलो र चम्किलो हिरा हो । ’

 

सोथबायजका वरिष्ठ उपाध्यक्ष र आभूषणका सेलि डायरेक्टर फ्रयाङ्क एभरेटले भने, ‘यो हिरा ५.१० क्यारेटको हो र अप्रिलमा यसलाई बिक्रीका लागि लीलामी घरमा प्रस्तुत गरिने छ ।’ दक्षिण अफ्रिकाको कलिनन खानीमा अघिल्लो वर्ष भेटिएको यो हिराको मूल्य ४ करोड ८० लाख अनुमान गरिएको छ ।

 

लिलामी घरले १५.१० क्यारेट डी बियर्स कलिनन ब्लू डाइमण्ड ४८ मिलियन डलरभन्दा बढी रकममा बिक्री हुनेछ । फ्र्याङ्क एवरेटले यो हिरा थुप्रै स्तरमा उल्लेखनीय भएको बताएको छ । फ्रयाङ्क​ एवरेटका अनुसार गहनाको हिसाबले पछिल्ला थुप्रै वर्षमा बजार निकै बलियो भएको छ । एजेन्सी