२०८१ जेठ ४ , शुक्रवार

कोरोना अपडेट : पछिल्लो चौबिस घण्टामा थप ५ सय ७० कोरोना संक्रमित, ६ जनाको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं ।

स्वास्थ्य तथ मन्त्रालयका अनुसार देशभर थप ५ सय ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

 

कुल ९ हजार ७ सय ८९ जनाको स्वाब परीक्षण हुँदा ५ सय ७० जनामा संक्रमण पुष्टि भएको हो। यस्तै पछिल्लो २४ घण्टामा १ हजार ९ सय ९३ जना निको हुँदा ६ जना संक्रमितको मृत्यु भएको छ। यस्तै हाल देशभर १६ हजार ६ सय १६ जना सक्रिय संक्रमित रहेका छन्।

 

त्यस्तै देशभर कुल कोरोना संक्रमितको संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७४ हजार ८ सय ५७ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३८ हजार २ सय ५० जना पुगेको छ। संक्रमितमध्ये हालसम्म ९ लाख ४६ हजार ३ सय ३० जना निको हुँदा कुल ११ हजार ९ सय ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।