२०८१ बैशाख ३१ , सोमवार

कांग्रेसको जिल्ला अधिवेशन पुन: सर्‍यो, फागुन १५ गते गर्ने निर्णय

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशन गर्न बाँकी जिल्लाहरूको अधिवेशन मिति फेरी: सारिएको छ । बिहीबार केन्द्रीय निर्वाचन समितिले बाँकी जिल्लाको अधिवेशन फागुन १५ गते गर्ने निर्णय गरेको हो।

 

पार्टीको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम र कैलाली जिल्लाको जिल्ला अधिवेशन गर्न बाँकी छ ।

 

यस्तै १६ जिल्लाबाहेकका जिल्लामा निर्वाचन हुन बाँकी महासमिति सदस्य पदको निर्वाचन र जिल्ला कार्यसमिति मातहतका पालिका र वडा कार्यसमितिका निर्वाचन भने फागुन १० भित्र गरिसक्ने समितिले जानकारी दिएको छ ।