२०८१ बैशाख १३ , बिहिवार

अध्यक्ष प्रचण्ड : हाम्रो जोड गठबन्धन बचाउनेमा छ

सुनाखरी न्युज/ काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकेसम्म वर्तमान सत्ता गठबन्धन जोगाइने बताएका छन् ।

 

गठबन्धनको बैठकअघि बिहीबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका नेता राजेन्द्र श्रेष्ठसँग छलफलपछि अध्यक्ष प्रचण्डले आफूहरूको जोड गठबन्धन बचाउनेमै रहेको बताएका हुन् ।अध्यक्ष प्रचण्डले भने, ‘हामी गठबन्धनका पाँचै दललाई कसरी बचाउने र एमसीसीलाई कसरी निकास दिने ? भन्नेमा छौ ।’

उनले भने एमसीसीमा कुरा नमिले माओवादीले सरकार छोड्ने हो ? भन्ने प्रश्नमा अध्यक्ष प्रचण्डले संयन्त्रको बैठकबाट टुङ्गो लाग्ने बताए । ‘आज एउटा निचोड र निकास निकाल्नेतिर हाम्रो जोड रहेको छ । सकेसम्म यो गठबन्धन बचाउनेमै छ ।’