२०८१ बैशाख २७ , बिहिवार

अब एनसेलको नम्बरबाट पनि नमस्ते पेमा अकाउन्ट बनाउन सकिने

सुनाखरी न्युज/ काठमाडौं ।

 

यसअघि नेपाल टेलिकमको नम्बरबाट मात्रै अकाउन्ट बनाउन सकिने सुविधा रहेको थियो । अब एनसेलको नम्बरबाट पनि डिजिटल वालेट नमस्ते पेमा अकाउन्ट बनाउन सकिने भएको छ ।

 

तर अब एनसेलका प्रयोगकर्ताले समेत नमस्ते पेमा आफ्नो अकाउन्ट खोल्न सक्ने छन् । नमस्ते पेमा नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको सयुक्त लगानीमा स्थापना भएको हो ।

 

नमस्ते पेमा हाल टपअप, विद्युत, खानेपानीको बिल भुक्तानी लगायतका सुविधा छन् । नमस्ते पेमा हाल ४० भन्दा बढी बैंक तथा वित्तिय संस्थाबाट पैसा लोड गर्न सकिन्छ ।