२०८१ जेठ ४ , शुक्रवार

ढलौटको मूर्तिहरु सहित २ जना पक्राउ

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौं महानगरपालिका-१५ डल्लु पुल नजिकबाट ४ थान ढलौटको मूर्तिहरु सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-५ ढाडे र रसुवा गोसाईकुण्ड नगरपालिका-५ घर भएका २ जना १८/१८ वर्षीय किशोर रहेका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा ज्याकेटभित्र लुकाई छिपाई ल्याएका उक्त मूर्तिहरु फेला पारी पक्राउ गरेको हो ।

उनीहरु उपर चोरी गर्न नहुने कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट थप अनुसन्धान कार्य भइरहेको छ ।