२०८१ जेठ ७ , सोमवार

मन्त्रिपरिषद बैठक बस्दै

सुनाखरी न्युज/ काठमाडौं ।

 

मन्त्रिपरिषदको नियमति बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार बस्ने गर्छ । सत्ता गठबन्धनमा एमसीसी पेचिलो भइरहेका बेला मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।

आजको बैठकमा एमसीसी सम्झौताबारे विशेष छलफल हुने काँग्रेसका एक मन्त्रीले जानकारी दिए । नेकपा माओवादी केन्द्रले यथास्थितिमा एमसीसी अघि बढाए सरकार छोड्ने निर्णय गरिसकेको छ ।बिहीबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच एमसीसीलाई कसरी अघि बढाउने भन्नेबारेमा बालुवाटारमा छलफल भएपनि सहमति जुट्न सकेको छैन ।

 

यसैबीच सूचना तथा सञ्चारमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्की र माओवादीका केही नेताबीच भएको छलफलमा माओवादी नेताहरुले सहमति विना एमसीसी अघि नबढाउन गरेको आग्रहमा कार्कीले देउवाकै बोली बोल्दै शुक्रबारको बैठकमा एमसीसी टेवल गरेरै छाड्ने अडान दोहोर्याएका छन् ।