२०८१ जेठ ८ , मंगलबार

बढ्यो सुनको मूल्य

सुनाखरी न्युज/ काठमाडौं

 

नेपाल सुनचाँदी व्यवसायी महासंघले विहीबारका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार एक सय रुपैयाँ रहेको छ । बुधबार ९५ हजार एक सय रुपैयाँ रहेको थियो ।

 

आज सुन तोलामा एक हजार रुपैयाँले बढेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार छ सय रुपैयाँ रहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १२९५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।