२०८१ जेठ ४ , शुक्रवार

कृषिको समावेशी रुपान्तरणका लागि मूल्य श्रंखला (VITA)शुभारम्भ

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल सरकार, अर्थ मन्त्रालय र कृषि विकासका लागि अन्र्तराष्ट्रिय कोष (IFAD) बीच वि.स. २०७८ असोजमा भएको सम्झौता बमोजिमको कृषि को समावेशी रुपान्तरणका लागि मुल्य श्रृंखला परियोजना (Value Chains for Inclusive Transformation of Agriculture-VITA) संचालन गर्ने कार्यक्रम राजश्व सचीव कृष्णहरी पुस्करले ठमेलको एलोफ्ट होटलमा एक कार्यक्रमका बीच विधिवत रुपमा कार्यक्रमको शुभारम्भ गर्नु भएको छ ।

हालैका दिनमा नेपाल सरकारले कृषि लगानीका लागि अगुवा बैंकको रुपमा परिभाषित गरेको, किसान कार्ड÷एप्स जारी गरिरहेको, कृषि बण्ड जारी गरि श्रोत संकलन मार्फत कृषि क्षेत्रमा वित्तिय सहयोग पुर्याउदै आएको कृषि विकास बैंकलाई नेपाल सरकार मार्फत IFAD बाट करीब ८० मिलियन अमेरीकी डलर वित्तिय ऋण सहयोग उपलब्ध हुनेछ । यस VITA कार्यक्रम देशका ५ वटा प्रदेशको विभिन्न जिल्लाहरुमा आयात प्रतिस्थापन गर्न सकिने, निर्यात प्रर्वद्धन योग्य र केहि कृषि वस्तुमा मुलुकलाई आत्मनिर्भरता तर्फ लैजाने खालका १२ वटा बाली तथा पशुवस्तुमा सहुलियतपूर्ण कर्जा लगानी गर्नका लागि कृषि विकास बैंक लाई कार्यक्रम कार्यान्वयन निकायको रुपमा तोकिएको छ । कार्यक्रमको शुभारम्भ गर्दै राजश्व सचीव कृष्णहरी पुस्करले यस किसिमको सहयोगले साना कृषकहरुको आयस्तर वृद्धि हुने, रोजगारी श्रृजना हुने तथा यस क्षेत्रको व्यवसायीकरण, समावेशीकरण तथा प्रतिस्र्पर्धात्मक विकास हुने अपेक्षा गर्दै यस कार्यक्रमले प्रत्यक्ष रूपमा एक लाख विसहजरा साना कृषक परिवारहरु विशेष गरी महिला, युवा, दलित, जनजाति लगायत पिछडिएका वर्गहरूको क्षमता, वित्तीय सेवा र बजार पहुँचमा वृद्धि गर्दै जीविको पार्जनमा सुधार गर्नेछ भन्नु भयो ।

 

उक्त कार्यक्रममा बोल्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालय कृषि ÷पशु तर्फका सचिव क्रमशः डा. गोविन्द प्रसाद शर्मा र निरु दाहालले परियोजना सफलताका लागि शुभकामना व्यक्त गर्नु भएको थियो । दात्तृनिकाय IFAD का तर्फबाट Country Director RoshanCook ले आफनो अनुभव र कार्यक्रमका बारेमा प्रकाश पार्नु हुंदा कार्यक्रमको सफलताको कामना समेत गर्नु भएको थियो । उक्त कार्यक्रममा सहभागीहरुलाई स्वागतगर्दै बैंकका प्रमुखकार्यकारी अधिकृत श्री अनिलकुमार उपाध्यायले दात्तृ निकाय मार्फत प्राप्त उक्त सहुलियतपूर्ण कर्जा रकम सही ढंगबाट कृषक, उद्यमी, संकलनकर्ता, प्रशोधनकर्ता आदिलाई मुल्य श्रृंखलामा आवद्ध गराई लगानी गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै उहांले सो कार्यक्रम गर्नका लागि कृषि विकास बैंकलाई जिम्मेवारी दिईएकोमा नेपाल सरकार, अर्थ मन्त्रालय,IFAD लगायत सरोकारवाला सबै निकायलाई धन्यवाद ज्ञापन समेत गर्नुभयो । उक्त अवसरमा VITA परियोजनाको संक्षिप्त जानकारी बैंकका उपमहाप्रबन्धक बाबुकाजी थापा तथा परियोजना निर्देशक श्री विनाशर्माले संयुक्त रुपमा प्रस्तुतगर्नु भएको थियो ।

 

कृषि विकास बैंकका अध्यक्ष तथा अर्थ मन्त्रालयका सह–सचिव रमेश कुमार के.सी.ले कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो कार्यक्रमलाई सम्बोधन गर्दे बैंकले स्थापना हुंदाकै बखतमा लिएका उद्देश्य अनुसार कृषि, साना, लघु तथा मध्यम उद्यम क्षेत्रमा उत्पादन र उत्पादकत्व वृद्धि हुने गरी तथा आयात प्रतिस्थापन हुने गरी मूल्य श्रृंखलाको अवधारणाबाट लगानी गरिने बताउनु भयो कार्यक्रमले साना किसानहरुको व्यवसाय वृद्धिमा टेवा पु¥याउने र कार्यक्रम सफल हुनेमा आफू विश्वस्त रहेको कुरा बताउनु भयो । सो कार्यक्रममा विभिन्न सरकारी, गैह् सरकारी, अन्र्तराष्ट्रिय गैह् सरकारी निकाय तथा बैंकका संचालकहरु, उपमहाप्रबन्धकहरु, कम्पनी सचिव, विभागीय प्रमुख र पत्रकारहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन शाखाप्रमुख प्रेम प्रसाद खनालले गर्नु भएको थियो ।