२०८१ जेठ ४ , शुक्रवार

सत्ता गठबन्धनको बैठक बस्दै, एमसीसीबारे छलफल हुने

सुनाखरी न्युज/ काठमाडौं । सत्ता गठबन्धनको बैठक बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको छ । एमसीसीबारे ‘निर्णायक’ छलफलका लागि बैठक बोलाइएको हो । एमसीसीबारे अन्तिम छलफल गर्न बिहीबार दिउँसो ३ बजेका लागि गठबन्धन बैठक तय भएको छ ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको छलफलबाट गठबन्धन बैठक बोलाउने सहमति भएको थियो । सोही छलफलपछि प्रधानमन्त्री देउवा बुधबारको संसद बैठकमा एमसीसी टेबल नगर्न समेत सहमत भएका थिए ।

 

माओवादीले यथास्थितिमा एमसीसी टेबल भए विपक्षमा भतदान गर्ने र सरकारबाट पनि बाहिरिने चेतावनी दिएको छ । माओवादीको चेतावनीपछि देउवा ब्याक हुँदै थप छलफलमा जुटेका हुन् ।