२०८१ बैशाख २६ , बुधवार

धौलागिरी लघुवित्त वित्तिय संस्थाको आइपिओको प्रत्याभूतिकर्तामा प्रभु क्यापिटल नियुक्त

सुनाखरी न्युज/ काठमाडौं – धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणलाई निष्काशन गर्न लागेको ३,३१,००० कित्ता शेयरको प्रत्याभूतिका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर प्रत्याभूतिकर्तामा नियुक्त गरेको छ ।

 

सो नियुक्ति सम्बन्धी सम्झौता मिति २०७८ फाल्गुण ०४ गते बुधबार सम्पन्न भयो । सम्झौतामा धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहरा तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गर्नुभएको छ । धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको लघुवित्त संस्था हो ।

 

प्रधान कार्यालय बागलुङ्ग जिल्लाको बागलुङ्ग नगरपालिका वार्ड नं. २, श्री नगर टोलमा अवस्थित यस संस्थाले २०७५ फाल्गुण १ देखि वित्तिय कारोबार गर्दै आइरहेको छ । हाल यस संस्थाले २० जिल्लामा ४६ वटा शाखामार्फत करिब ३४,५०० सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।