२०८१ जेठ ५ , शनिवार

राप्रपाको भातृ संगठनहरुद्वारा काठमाडौंमा गरीएको प्रदर्शनमा प्रहरी दमन प्रती लोहनिको आपत्ती

सुनाखरी न्युज/ काठमाडौं – राप्रपाको भातृ संगठनहरुद्वारा एमसिसीको विवादास्पद र राष्ट्रहित विपरीतका प्रावधान खारेजीको माग गर्दै काठमाडौंमा गरेको शान्तिपुर्ण प्रदर्शनमा प्रहरी दमन भएको प्रती राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका अध्यक्ष फणिराज लोहनी राजु ले खेद व्यक्त गर्नु भएको छ। अमेरिकी सहयता परियोजना एमसीसीविरुद्ध राप्रपाका २१ वटा भातृ संगठनले गरेको संयुक्त रुपमा सडकमा आन्दोलनमा राप्रपा का युवा नेता फणीराज लोहनी (राजु) सहितका दर्जनौ नेता कार्यकर्ता घाईते तथा गिरफ्तार भएका छन ।

 

प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास, पानीको फोहोरा र लाठी प्रयोग गरेको हो । माइतीघरदेखि नाराजुलुससहित संघीय संसद भवनतर्फ आएका एमसीसी विरोधी राप्रपा का भातृ संगठनहरुलाई प्रहरीले संघीय संसद भवनभन्दा २०० मिटर पश्चिम एभरेस्ट होटल नजिक रोकेको थियो । तर उनीहरुले निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ आउन खोजेपछि प्रहरीसँग झडप भएको थियो ।

 

झडपका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता फणीराज (राजु) लोहनी सहितका प्रदर्शनकारीहरु घाइते भएका छन् । एमसीसीको विरोधमा रहेका विभिन्न राजनीतिक दलले संघीय संसद भवन नयाँ बानेश्वर वरपर प्रदर्शनलाई केन्द्रित गरेका छन् । एमसीसीको विरोधमा बुधवार नेकपा माओवादी केन्द्रका भातृसंगठन, राप्रपाको भातृ संगठन, नेकपा एकीकृत समाजवादी पार्टीको विद्यार्थी संगठन अनेरास्ववियू र ५ साना कम्युनिष्ट पार्टीहरुले छुट्टाछुट्टै प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण बानेश्वर क्षेत्र दिनभर तनावग्रस्त बनेको थियो ।

 

आन्दोलनमा सहभागी भएर आन्दोलन सफल पार्नुहुने सम्पुर्ण साथीहरूमा हार्दिक धन्यवाद सहित,शान्तिपुर्ण आन्दोलनबाट गिरफ्तार परेका भातृ सङगठनका साथीहरूलाई तुरुन्तै रिहाई गर्न राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका अध्यक्ष फणिराज लोहनी राजुले आग्रह गर्नु भएको छ।