२०८१ जेठ ४ , शुक्रवार

एशियाकै पहिलो महिला टेम्पो चालक लक्ष्मी शर्माको ‘ बाडुल्की ’ गीत सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं ।

 

एशियाकै पहिलो महिला टेम्पो चालक लक्ष्मी शर्माले ‘बाडुल्की’ बोलको गीत सार्वजनिक गरेकी छन् ।

 

राम सिटौलाको शब्द तथा संगीत रहेको यो गीतले वैदेशिक रोजगारीको पीडालाइ उजागर गर्ने कोशिश गरेको छ ।वसन्त निरौलाले निर्देशन गरेको गीतको भिडियोमा दयाराम सापकोटा र पवित्रा आचार्यले अभिनय गरेका छन् ।

 

लक्ष्मी २०३७ सालमा नै टेम्पो चलाएर एशियाकै पहिलो महिला टेम्पो चालक बनेकी हुन् । साथै उनलाई नेपालको ‘बटन क्विन अफ नेपाल’ पनि भन्ने गरिएको छ ।