२०८१ जेठ ५ , शनिवार

एक वर्षमा ९० लाख मानिसको मृत्यु, कोरोनाले भन्दा धेरै मृत्यु प्रदूषणले भयो : अध्ययन

सुनाखरी न्युज/ काठमाडौं ।

विश्वव्यापी रूपमा कोभिडले भन्दा प्रदूषणले धेरैको ज्यान लिएको एक अध्ययनले देखाएको छ ।मंगलबार प्रकाशित संयुक्त राष्ट्र संघको वातावरणीय प्रतिवेदनले किटनासक विषादी, प्लास्टिक र विद्युतीय फोहोरले व्यापक रूपमा मानव अधिकारको व्यापक उल्लङ्घन गरिरहेको र एक वर्षमा कम्तीमा ९० लाख मानिसको असामयिक निधन भएको देखाएको हो ।

 

जबकि तथ्याङ्क संकलक वर्ल्डमिटरकाअनुसार कोरोना महामारीले करिब ५९ लाखको ज्यान लिएको छ । अध्ययनले केही विषालु केमिकल (रसायन)हरूलाई प्रतिबन्ध लगाउन ‘अबिलम्व र महत्वकांक्षी कदम’का लागि आह्वान गरेको छ । “प्रदूषण र विषाक्त पदार्थहरूले निम्त्याउने जोखिमहरू व्यवस्थापन गर्ने वर्तमान प्रयासहरू स्पष्ट रूपमा असफल भइरहेका छन् । जसले गर्दा स्वच्छ, स्वस्थ र दिगो वातावरणको अधिकारको व्यापक उल्लङ्घन भएको छ,” प्रतिवेदनका लेखक संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदक डेभिड बोयडले निष्कर्ष निकालेका छन् ।

 

“मलाई लाग्छ कि हामीसँग यी व्यक्तिहरूद्वारा अझ राम्रो गर्नको लागि नैतिक र कानुनी दायित्व छ,” रोयटर्ससँगको एक अन्तरवार्तामा उनले भने । स्वच्छ वातावरणलाई मानवअधिकार घोषणा गरेका संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्मा अर्को महिना प्रस्तुत हुने सो प्रतिवेदन मंगलबार काउन्सिलको वेबसाइटमा राखिएको हो ।

 

यसले क्यान्सरसँग सम्बन्धित नन–स्टिक कुकवेयर लगायत घरायसी प्रयोजनका लागि प्रयोग हुने मानव निर्मित ‘पोलिफ्लुरोअल्काइल र पर्फ्लुरोअल्काइल’लाई प्रतिबन्ध लगाउन आग्रह गरेको छ । प्रदूषित क्षेत्रको सफाइ, यसबाट प्रभावित समुदायलाई स्थानान्तरण गर्नुपर्ने बताइएको छ । यसरी प्रभावित हुनेमा धेरैजसो गरिब, सीमान्तकृत र आदिवासी छन् । रोयटर्सबाट