२०८१ बैशाख २७ , बिहिवार

अब फेसबुकका कर्मचारीहरूलाई ‘ मेटामेट्स ‘ भनेर चिनिने

सुनाखरी न्युज/ काठमाडौं ।

फेसबुकका कर्मचारीहरूलाई अब ‘मेटामेट्स’ भनेर चिनिने भएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले फेसबुकमा कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई मेटामेट्स भनेर चिनिने बताएका हुन्।

 

अनलाइन वेबसाइट बिजनेस टुडेका अनुसार फेसबुकमा सिइओ जुकरबर्गले बुधबार उक्त घोषण गरेका हुन्। उनले योसँगै कम्पनीको नयाँ मोटो पनि सार्वजनिक गरेका छन्। ‘मेटा, मेटामेट्स, म मेटाको नयाँ मोटो हो,’ सिइओ जुकरबर्गले फेसबुक पोस्टमा भनेका छन्, ‘यो भनेको हाम्रो कम्पनी र मिसनको राम्रो भण्डार हुनु हो।

 

हामी साथी-साथीबीचबाट मिलेको सामूहिक सफलता र त्योसँगै रहेको जिम्मेवारीको भावनाबारे हो। यो आपसी हेरचाह गर्नेबारे हो। नयाँ मोटोसँगै हामी कम्पनीको नयाँ अध्याय सुरू गर्दैछौं।’ सामाजिक सञ्जाल फेसबुकले केही समय अघि आफ्नो प्यारेन्ट कम्पनीको नाम परिवर्तन गरेर ‘मेटा’ राखेको हो।

 

फेसबुकले आफ्नो कर्चमारीलाई मेटामेट्स भनेजस्तै गुगलले पनि आफ्नो कर्मचारीहरूलाई ‘गुगलर्स’ र माइक्रोसफ्टले ‘माइक्रोसफ्टिज्’ भन्ने गरेको छ। एजेन्सी