२०८१ बैशाख २६ , बुधवार

इमर्जिङ नेपालको आईपीओ बाँडफाँड,२३ लाख आवेदकको हात खाली

सुनाखरी न्युज/ काठमाडौं ।

 

इमर्जिङ नेपाल लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बुधबार बाँडफाँड भएको छ ।

 

कम्पनीले गत माघ २६ गते बुधबारदेखि फागुन १ गते, आइतबारसम्म जारी गरेको एक सय रुपैयाँ अंकित ५ लाख ५५ हजार ६ सय कित्ता सेयर आज बाँडफाँड भएको हो ।

 

जसमध्ये ५१ हजार ६३८ जनाले कम्पनीको सेयर हात पारेका छन् । गोलाप्रथाबाट भएको बाँडफाँडमा ५ हजार ६७० जनाले प्रतिव्यक्ति १० कित्ताका दरले र ८ जना भाग्यशाली आवेदकहरुले ११-११ कित्ता हात पारेको कम्पनीले जनाएको छ ।

 

५ हजार ६७८ जनाले कम्पनीको सेयर हात पार्न सफल भएका हुन् । बाँकी २३ लाख आवेदकको हात खालि भएको छ ।