२०८१ जेठ ६ , आइतवार

कोरोना अपडेट : देशभर थप ६ सय ३९ जना कोरोना संक्रमित, १ हजार ६ सय संक्रमणमुक्त, ३ जनाको मृत्‍यु

सुनाखरी न्युज/ काठमाडौं ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप ३ जनाको मृत्‍यु भएको छ ।

 

मन्त्रालयका अनुसार देशभर ९ हजार ७ सय ५६ नमुना परीक्षण गरिएको थियो ।त्यस्तै ६ हजार ७ सय ८२ जनाको पीसीआर परीक्षण गर्दा ५ सय ४८ र दुई हजार ९ सय ७४ जनाको एन्टीजेन परीक्षण गर्दा १ सय ८५ गरी ६ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

 

पछिल्लो २४ घण्टामा १ हजार ६ सय जना संक्रमणमुक्त भएका छन् ।भने हाल देशभर १८ हजार २ सय ५१ संक्रिय संक्रमित छन् ।