२०८१ जेठ ८ , मंगलबार

सर्वसाधरणलाई शारीरिक तथा मानसिक हैरानी दिने व्यक्ति पक्राउ

सुनाखरी न्युज/ काठमाडौं ।

ख्यालठट्टाको नाममा सर्वसाधरण व्यक्तिहरूलाई शारीरिक तथा मानसिक हैरानी दिएको अभियोगमा झापा विर्तामोड नगरपालिका-४ आदर्शटोल ठेगाना भई हाल भक्तपुर कौशलटार बस्ने २७ वर्षीय आकाश सेडाईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

सार्वजनिक स्थलहरूमा मजाक, ख्यालठट्टा वा मस्करी (Prank)को नाममा सर्वसाधरणलाई शारीरिक तथा मानसिक रुपमा सास्ती दिने, हैरानी पार्ने र दिक्दार लगाउने जस्ता क्रियाकलापहरू समेटेर तयार गरेको गोप्य भिडियो Nepali Pranksters नामक युट्युब च्यानलमा राख्ने कार्य गरेको खुल्न आएपछि आकाशलाई प्रहरीले पक्राउ गरेको हो ।

 

आकाश उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप अनुमति प्राप्त गरी यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीले जनाएको छ ।