२०८१ जेठ ४ , शुक्रवार

प्रतिनिधि सभा बैठकः एमसीसी टेबुल भएन

सुनाखरी न्युज/ काठमाडौं । सत्ता साझेदार दलहरूकै बीचमा सहमति नबनेपछि आजको प्रतिनिधिसभाको बैठकमा पनि एमसीसी सम्झौता टेबुल भएन ।

 

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा भएको भेटका क्रममा आजको बैठकमा एमसीसी टेबुल नगर्ने सहमति भएको थियो । दलीय सहमति नहुँदा सभामुखले बोलाउनुभएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसीसी अगाडि बढाउने निर्णय भएन ।

 

प्रतिनिधि सभाको आजको बैठकमा स्व. सांसदहरु जगतबहादुर ताजपुरिया, लक्ष्मीदास मानन्धर र डा. दुमन थापाको निधनमा शोक प्रस्ताव पारित भएको छ । प्रमुख विपक्षी नेकपा (एमाले)ले आफ्ना १४ सांसदको कारबाही सदर नगरेको भन्दै सभामा नाराबाजी गरे । प्रतिनिधि सभाको अर्को बैठक फागुन ६ गते शुक्रबार दिउँसो १ बजे बस्नेछ ।