२०८१ जेठ ४ , शुक्रवार

एनएमबि बैंक र रेमिट हाइड्रो बीच परियोजना लगानी समझदारी पत्रमा हस्ताक्षर

सुनाखरी न्युज/ काठमाडौं । एनएमबि बैंक लि. र रेमिट हाइड्रो लि. बीच ७७.५ मेगावाट क्षमताको ताप्लेजुङ्गमाअवस्थित घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

 

जनताको जलविद्युत कार्यक्रममा समावेश भएको घुन्सा खोला जलविद्युत आयोजना रेमिट हाइड्रो लि. द्घारा प्रवद्र्घित आयोजनाहो । रेमिट हाइड्रो लि.को मुख्य लगानीकर्ता हाइड्रोईलेक्ट्री सिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लि. तथा रेमिट्यान्सकर्ताहरु लगानी रहने छ । एनएमबि बैंकले समझदारी पत्रमा हस्ताक्षर पश्चात अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई समेत सामेल गराई सह—वित्तीयकरण गठनगरी अयोजनाको वित्तीय व्यवस्थापन गरिनेछ । घुन्सा खोला जलविद्युत आयोजनाको कुललागत रु.१८ अर्ब २५ करोड रहने जानकारी गराईएको छ ।

 

एनएमबि बैंकले हालसम्म४६ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ । नेपाल राष्ट्र बैंकबाट जारी Environmental and Social Risk Management, 2022 को निर्देशन अनुसार एनएमबि बैंकले वातावरणीय तथा सामाजिक नीति (Environmental and Social Policy)तयार पारी त्यस बमोजिम बैंकले पर्यावरण तथा सामाजिकव्यवस्थापन प्रणाली (Environmental and Social Management System)लागु गरिसकेको छ ।

 

एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वात्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानितभएको छ । एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ को लागि पनि उक्त पत्रिकाबाट चार पटक नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’पनि प्राप्त गरिसकेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।