२०८१ बैशाख २७ , बिहिवार

रिअलमी-९आई स्मार्टफोन अब नेपालमा पनि सार्वजनिक हुँदै

सुनाखरी न्युज/ काठमाडौं ।

 

नेपाली बजारमा रिअलमीले रिअलमी-९आई स्मार्टफोन सार्वजनिक गर्दैछ। रिअलमी-९आई सन् २०२२ मा सार्वजनिक रिअलमी ९ संस्करणको पहिलो फोन हुनेछ।

 

यो फोनको आवरणसँगै यसको चार्जिङ र ब्याट्री पनि परिस्कृत हुने बताइएको छ।यसमा स्‍न्यापड्र्यागन ६८० प्रोसेसर भएकोले लास्ट-जेन प्रोसेसर स्न्यापड्र्यागन ६६२ को तुलनामा फोनको सिपियू प्रदर्शनी राम्रो छ ।कम्पानीका अनुसार नयाँ रिअलमी-९आईको ब्याट्री क्षमता ८आईको तुलनामा ४६ प्रतिशतले सुधार गरिएको छ।

 

रिअलमी-९आईमा पाँच हजार एमएएचको ब्याट्री क्षमता छ। यसले ३३ वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ। जसले गर्दा जम्‍मा ७० मिनेटमा फोन पूरा चार्ज हुन्छ।

 

त्यस्तै यस फोनमा ९० हर्जको रिफ्रेस रेट दिइएको छ। रिअलमी-९आईमा ६ जिबी र्‍याम र १२८ जिबी आन्तरिक स्टोरेज छ। जसलाई मेमोरी हालेर १ टिबीसम्म बढाउन सकिन्छ। नेपाली बजारमा रिअलमी-९आई निलो र कालो गरी दुई रंग विकल्पमा उपलब्ध हुनेछ।