२०८१ जेठ ४ , शुक्रवार

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा ६ सय ८० जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं –

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ९५ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८ सय ३५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यो सँगै देशभर १९ हजार ४०० जना सक्रिय संक्रमित रहेका छन् । उक्त अबधिमा कोरोनाबाट २ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको  संख्या ११ हजार ९ सय २ जना पुगेको छ ।

हालसम्म देशभर पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७४ हजार ३९ तथा एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३७ हजार ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने संक्रमितमध्ये ९ लाख ४२ हजार ७ सय ३७ जना निको भएका छन् ।