२०८१ जेठ ६ , आइतवार

आन्तरिक उडान गर्ने यात्रुहरूले विमानस्थल छिर्न प्रिन्ट टिकट अनिवार्य

सुनाखरी न्युज/ काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत आन्तरिक उडान गर्ने यात्रुहरूले विमानस्थल छिर्न मोबाइलमा डाउनलोड गरिएको टिकट अथवा प्रिन्ट गरिएको टिकट अनिवार्य गरिएको विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाईंले जानकारी दिए ।

 

यसअघि कतिपय यात्रुहरू पिएनआर नम्बर मात्रै लिएर पनि जाने गरेका थिए। यो नम्बर मात्र लिएर जाँदा व्यक्तिको नाम, ठेगाना लगायत विवरण नखुल्ने हुँदा अप्ठ्यारो समस्या सिर्जना भएकाले यो व्यवस्था लागू गरिएको महाप्रबन्धक गुरागाईंको जानकारी दिए।‘यसले झन्झट भिडभाड र लामो लाइन लाग्यो। त्यसले गर्दा हामीले छिर्नु अगाडि प्रिन्ट गरेर वा मोबाइलमा टिकट ल्याउनुस् भनेका हौं,’उनले भने। गुरागाईंका अनुसार मोबाइल तथा इलेक्ट्रिक डिभाइसमा टिकट डाउनलोड गरिएको भए देखाएर पनि प्रवेश गर्न सकिने उनको भनाइ छ ।