२०८१ जेठ ४ , शुक्रवार

‘चिसो एस्ट्रे’ फिल्मको सविन राईको ‘बाबा पशुपति’ गीत सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं – चैत ११ गतेबाट प्रदर्शन हुने फिल्म‘चिसो एस्ट्रे’को दोस्रो गीत ‘बाबा पशुपति’सार्वजनिक भएको छ । गीतमा सविन राईको स्वर छ ।

 

 

गीतमा संगीत अजर जंगम र शब्द दिनेश पाल्पालीको रहेको छ । कंगारु क्रिएसन र लोकल फिल्म संयुक्त ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । निर्माणमा भने महेशबाबुलाई प्रबिन स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन् । फिल्मको सह–निर्मातामा भने रुपेश ढुंगाना, नविन ढुंगाना र सुजन खतिवडा रहेका छन् । फिल्ममा दिव्य देव, नवीन लम्साल, निकुन श्रेष्ठ, सुशील राज पाण्डे, रवीन तामाङ र सृष्टि श्रेष्ठ लगायत कलाकारको अभिनय रहेको छ ।