२०८१ बैशाख ११ , मंगलबार

नागरिक एपमा प्राविधिक समस्या देखिएका कारण, ड्राइभिङ लाइसेन्स सेवा तत्कालका लागि बन्द

सुनाखरी न्युज/ काठमाडौं – नागरिक एपमा ड्राइभिङ लाइसेन्सको सेवा तत्कालका लागि बन्द भएको छ । प्राविधिक र नेटवर्क समस्याका कारण यो सेवा हालका लागि बन्द गरिएको नागरिक एपले जनाएको छ ।

 

 

समस्या समाधान गर्न यातायात व्यवस्था विभागसँग सहकार्य भइरहेको बताउँदै छिट्टै ड्राइभिङ लाइसेन्स सेवा उपलब्ध गराउने एपले जनाएको छ । सरकारले सम्भव भएसम्मका सबै सरकारी सेवा सुविधा एउटै एपबाट दिने गरी ल्याएको नागरिक एपको पछिल्लो अपडेटमा ड्राइभिङ लाइसेन्स लिङ्क गर्न सुविधा थप भएको थियो ।